महासंघको एशोसियट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ निर्वाचित

काठमाडौं : ज्योत्सना श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको एशोसियट उपाध्यक्षमा निर्वाचित भएकी छन्।
रामचन्द्र संघाई प्यानलकी ज्योत्सना श्रेष्ठ कुल ८४६ मत ल्याएर विजयी भएकी हुन्। उनका निकटतम प्रतिस्पर्धी भरत आचार्यले ७८१ मत प्राप्त गरे।
यसअघि वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ प्यानलका हेमराज ढकाल निर्वाचित भएका थिए भने नगर उपाध्यक्षमा संघाई प्यानलकै सुर कृष्ण वैद्य विजयी भएका थिए।
चैत ३०, २०७९ बिहीबार ०८:२०:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।