सुखद भएन धोनीका लागि चेन्नईको कप्तानको रुपमा २०० औं कीर्तिमानी खेल

सुखद भएन धोनीका लागि चेन्नईको कप्तानको रुपमा २०० औं कीर्तिमानी खेल

एजेन्सी : निकै रोमाञ्चक खेलमा चेन्नई सुपर किंग्सलाई तीन रनले पराजित गर्दै राजस्थान रोयल्स आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ।

चेन्नाईको कप्तानको रुपमा २०० औं खेलको कीर्तिमान बनाए पनि धोनीका लागि हारका कारण यो खेल सुखद भएन।

गए राति भएको खेलमा जितको लागि १७६ रनको लक्ष्य पछ्याएको चेन्नईलाई १७२ रनमा रोक्न राजस्ठान सफल भएको थियो।

चेन्नईलाई जितको लागि अन्तिम दुई ओभरमा ४० रनको खाँचो थियो। १९ औं ओभरमा १९ रन नै जोड्दा अन्तिम ६ बलमा चेन्नईलाई जितको लागि २१ रन चाहिंयो।

अन्तिम ओभरमा धोनीले दुई छक्का हाने पनि १७ मात्र जोड्दा चेन्नई निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७२ रनमा रोकियो र जारी लिगमा दोस्रो हार भोग्यो।

धोनी १७ बलमा ३२ रन र जडेजा १५ बलमा २५ रनमा अविजित रहे। चेन्नईका लागि डेभिड कन्भेले सर्वाधिक ५० रन जोडेका थिए।

यसअघि खेलमा टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७५ रन बनाएको थियो। राजस्थानका लागि ओपनर जस बटलरले ३६ बलमा सर्वाधिक ५२ रन जोडेका थिए।

जितपछि राजस्थान ४ खेलबाट ६ अंकका साथ लिगको शीर्ष स्थानमा छ। चेन्नई भने ४ खेलमा २ जितसहित ४ अंकका साथ पाँचौं स्थानमा छ।

चैत ३०, २०७९ बिहीबार ०८:०८:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।