१० जनामा समेटिएको चेल्सीलाई हरायो रियलले, चलेन नयाँ प्रशिक्षक लाम्पार्डको जादु

१० जनामा समेटिएको चेल्सीलाई हरायो रियलले, चलेन नयाँ प्रशिक्षक लाम्पार्डको जादु

एजेन्सी : डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडले युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा चेल्सीलाई २-० गोल अन्तरले पराजित गरेको छ।

स्पेनिस क्लब रियलका लागि १० खेलाडीमा समेटिएको इंग्लिस क्लब चेल्सीविरुद्धको जितमा करिम बेन्जेमा र मार्को एसेन्सियोले एक/एक गोल गरे।

गए राति रियलको घरेलु मैदान ​​​​​​​सान्टियागो बर्नबेउमा भएको खेलको २१ औं मिनेटमा बेन्जेमाको गोलमार्फत रियलले खाता खोलेको थियो।

यसपछि दोस्रो हाफमा चेल्सी १० खेलाडीमा समेटिन पुग्यो। खेलको ५९ औं मिनेटमा चिलवेल सिधैं रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रियललाई फाइदा भयो।

खेलको ७४ औं मिनेटमा मैदानमा सब्सिच्युट खेलाडीको रुपमा मैदानमा छिरेको केही समयमा नै मार्को एसेन्सियोले अर्को गोल गर्दै रियलको २-० को जित पक्का गरे।

यो जितसँगै रियलको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ।

पुन: इंग्लिस प्रिमियर लिग क्लब चेल्सीको प्रशिक्षकको रुपमा फर्किएका लाम्पार्डको यो लगातार दोस्रो हार हो।

प्रशिक्षक ग्राहम पोटरलाई बर्खास्त गरेपछि चेल्सीले पूर्व प्रशिक्षक लाम्पार्डलाई यस सिजनको अन्त्यसम्मको लागि अन्तरिम प्रशिक्षकको रुपमा नियुक्त गरेको थियो।

चैत ३०, २०७९ बिहीबार ०७:३९:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।