महासंघको वस्तुगत उपाध्यक्षमा ढकाल र जिल्ला नगर उपाध्यक्षमा वैद्य निर्वाचित

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन्।
उमेशलाल श्रेष्ठ समूहका ढकाल कुल ६१ मत प्राप्त गर्दै विजयी भएका हुन्।
निर्वाचन समितिका अनुसार उनका निकटतम प्रतिद्वन्द्वी मनिषलाल प्रधानले ५२ मत पाउँदा शकुन्तलाल हिराचनले मात्र सात मत ल्याए।
त्यसैगरी जिल्ला नगर उपाध्यक्षमा भने रामचन्द्र संघाइ पक्षका सुरकृष्ण वैद्य विजयी भएका छन्।
वैद्यले कुल ४३ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी अरुणराज सुमार्गीले ३७ र दिनेश श्रेष्ठले ३४ मत पाएका थिए।
नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्य समिति चयनका लागि हिजो (बुधबार) मतदान भएको थियो।
जसबाट एक जना वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य छानिने छन्।
वरिष्ठ उपाध्यक्ष पदको मतगणना भने हालसम्म सुरु भएको छैन। वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र सांघाईबीच चर्को प्रतिस्पर्धा हुने देखिन्छ।
वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने भएकाले हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल अब अध्यक्ष बन्ने छन्।
चैत ३०, २०७९ बिहीबार ०७:१७:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।