पूर्वमन्त्री नै हैरान पार्ने मन्त्रालय र विभागको कार्यशैली

काठमाडौं : माओवादी केन्द्रका सचिव एवं प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले बजेट सुनिश्चिता भएका सडक आयोजनालाई छिटो सम्पन्न गर्न मन्त्रालयमा डेस्क सञ्चालनमा ल्याउन सुझाव दिएका छन्।
बुधबारको प्रतिनिसभा बैठकमा बोल्दै पूर्वमन्त्रीसमेत रहेका पौडेलले मध्यपहाडी लोकमार्ग अन्तर्गतको बागलुङ सदरमुकामदेखि घोडाबानीसम्मको सडकको उदाहरण दिँदै डेढ दशकदेखि सडक नबन्दा गर्भवती महिला र बिरामीले अकालमै मृत्युवरण गर्न परेको बताए।
‘मध्यपहाडी लोकमार्ग अन्तर्गतको बागलुङ सदरमुकामदेखि घोडाबानीसम्मको सडक डेढ दशकदेखि धुलाम्मे छन्,’ उनले भने, ‘गर्भवती महिला र बिरामीहरूको सडकै कारण हुने गरेको छ, तर त्यो बाटो अहिलेसम्म पिच भएको छैन।’
मन्त्रालय र विभाग जाँदा ठेकेदारलाई देखाएर पन्छिने गरेको भन्दै उनले सम्बन्धित मन्त्रालयले संसदमा उठेका विषयलाई गम्भीरतापूर्वक लिन सुझाव दिए।
‘भौतिक मन्त्रालयमा गयो बजेट सुनिश्चित छ ठेकेदारलाई फलो गर्नुस् भन्नुहुन्छ र डिजीकहाँ गयो ठेकेदारलाई फलो गर्नुस् भन्नुहुन्छ,’ उनले थपे, ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सदनमा उठेका विषयलाई गम्भीरतापूर्वक लिन सक्रियतापूर्वक फलो गर्ने डेस्कको स्थापना गर्दै छिटो काम सक्ने वातावरण निर्माण गरोस्।’
बजेट सुनिश्चित भएका आयोजनाको कामका लागि मन्त्रालयले ध्यान दिनुपर्नेमा जोड दिए।
चैत २९, २०७९ बुधबार १८:४८:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।