भाइरल अडियोबारे ढाका भन्छन्– ‘अदालत गइसकेँ, अब क्लिन चिट पाएपछि मात्र बोल्छु’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद् डा. ढाकाकुमार श्रेष्ठले आफूले कानूनी प्रक्रियामा अघि बढेको बताएका छन्।
बुधबार बसुन्धरास्थित घण्टीघरमा गरिएको पत्रकार भेटघाटमा उनले आफूले न्यायका लागि आफू अदालदत गएको र क्लिन चिट पाएपछि मात्र बोल्ने बताएका हुन्। उनले पार्टीले निलम्बन गरेर गरेको अनुसन्धानलाई स्वागतयोग्य भनेका छन्।
‘पार्टीले निलम्बन गरेर अनुसन्धान गरेको प्रक्रियालाई स्वागतयोग्य ठानेको छु,’ उनले भने, ‘म हिजोबाट नै न्यायालय गइसकेको छु। न्यायालयमार्फत क्लिन चिट लिएर यसरी नै प्रेसमिट गर्नेछु।’
श्रेष्ठले आफ्नो कारणले पार्टी र उपचुनावमा परेको असरप्रति क्षमा माग्दै ह्वाट्सएपमा कुरा गरिएको भनिएको अडियो झुटो भएको र पार्टीका प्रतिनिधिलाई हराउनका लागि सुनियोजित षडयन्त्र भएको दाबी गरेका छन्।
चैत २९, २०७९ बुधबार १७:४५:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।