तीन महिनापछि कोरोनाबाट एक जनाको मृत्यु, १२१ नयाँ संक्रमित थपिए

काठमाडौं : कोरोना भाइरस संक्रमणबाट तीन महिनापछि एक जनाको मृत्यु भएको छ।
२ हजार ३७७ जनामा गरिएको परीक्षणमा बुधबार १२१ जना कोरोना संक्रमित भेटिँदा एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यसअघि मंगलबार पनि कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको थियो। त्यसअघि भने २३ पुसमा मात्र कोरोना संक्रमणबाट मृत्यु भएको थियो।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४४५ पुगेको छ।
चैत २९, २०७९ बुधबार १६:४५:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।