९२ अंकले बढ्यो नेप्से, यी ६ कम्पनीमा लाग्यो सर्किट

९२ अंकले बढ्यो नेप्से, यी ६ कम्पनीमा लाग्यो सर्किट

काठमाडौं : कारोबार हुने साताको चौथो दिन शेयर बजारमा उछाल आयो।

बुधबार नेप्से परिसूचक ९२ अंकले बढेर १९६३को विन्दुमा पुग्दा क वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ परिसूचक १८ अंकले उभो लागेर ३७३ विन्दुमा चढ्यो।

बजार बढेसँगै कारोबार रकममा पनि व्यापक सुधार आयो।

मंगलबार १ अर्बभन्दा कमको कारोबार भएको बजारमा आज २६७ कम्पनीका ६१ लाख ७ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९७ करोडभन्दा बढिको कारोबार भयो।

बुधबार कारोबार भएकामध्ये ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेर १० प्रशितले बढ्यो। सिद्धार्थ इक्युटी फन्ड, सिटिजन्स म्युचल फन्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम, आदर्श लघुवित्त, खप्तड लघुवित्त, कालिञ्चोक दर्शक प्रालि लगायतका कम्पनीमा सर्किट लाग्यो।

उपसूचक समूहमध्ये फाइनान्स समूहको शेयर सबैभन्दा बढि ६.८४ प्रतिशतले बढ्यो। सबैभन्दा कम बढेको म्युचल फन्डमा पनि २.८७ प्रतिशतको बढोत्तरी आयो।

कारोबार रकम हेर्ने हो भने शिवम् सिमेन्टमा ११ करोड, एनआईसी एसिया बैंकमा ६ करोड २९ लाख र हिमालय डिस्टिलरीको ६ करोडको कारोबार भयो।

चैत २९, २०७९ बुधबार १५:१७:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।