चर्च ब्वाइज युनाइटेडले बनायो बालगोपाल महर्जनलाई मुख्य प्रशिक्षक

काठमाडौं : पहिलो पटक ए डिभिजन लिग खेलिरहेको क्लब चर्च ब्वाइज युनाइटेडले बालगोपाल महर्जनलाई क्लबको नयाँ प्रशिक्षकको रुपमा नियुक्त गरेको छ।
यसअघिका प्रशिक्षक प्रदीप हुमागाईंले क्लब छाडेपछि चर्च ब्वाइजले मुख्य प्रशिक्षकको रुपमा बालगोपाललाई भित्राएको हो।
नेपाली राष्ट्रिय फुटबल टोलीको समेत प्रशिक्षक बनिसकेका बालगोपालकै प्रशिक्षणमा नेपालले बंगबन्धु गोल्ड कप र थ्री नेसन्स कपको उपाधि जितेको थियो।
यसअघि थ्री स्टार र मनाङ मर्स्याङ्दी क्लबलाई पनि सम्हालेका उनी नेपाल सुपर लिग (एनएसएल) को उपाधि काठमाडौं रेजर्सलाई दिलाउन पनि सफल भएका थिए।
पहिलो पटक ए डिभिजन लिग खेलिरहेको चर्च ब्वाइज हाल जारी लिगमा ७ खेलबाट १३ अंकसहित तेस्रो स्थानमा छ ।
चैत २९, २०७९ बुधबार १३:२१:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।