उपनिर्वाचनको पर्यवेक्षण ६ संस्थाले गर्ने

काठमाडौं : निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचननका लागि ६ संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिएको छ।
पर्यवेक्षणका सातवटा संस्थाले निवेदन दिएकोमा ६ संस्थाले आवश्यक प्रक्रिया पूरा गरेकोले पर्यवेक्षण गर्न अनुमति दिने निर्णय भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्तिमार्फत जानकारी दिए।
निर्वाचन पर्यवेक्षण गर्न अनुमति प्राप्त गर्ने संस्थामा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सुशासन महासंघ नेपाल, विश्व उपभोक्ता महासंघ नेपाल, पूर्व न्यायाधीश फोरम नेपाल र राष्ट्र निर्माण मञ्च नेपाल छन्।
आगामी वैशाख १० गते बारा क्षेत्र नं. २, तनहुँ क्षेत्र नं. १ र चितवन निर्वाचन क्षेत्र नं. २ मा उपनिर्वाचन हुँदैछ।
चैत २९, २०७९ बुधबार १३:०६:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।