नेपालकी कप्तान रुविनाको फेयरब्रेकमा सानदार प्रदर्शन, ५ विकेट लिंदै बनाइन् कीर्तिमान

नेपालकी कप्तान रुविनाको फेयरब्रेकमा सानदार प्रदर्शन, ५ विकेट लिंदै बनाइन् कीर्तिमान

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीले हङकङमा जारी फेयरब्रेक इन्भिटेसनल टी-२० क्रिकेट प्रतियोगितामा कीर्तिमानी प्रदर्शन गरेकी छन्।

साफिरेस वुमनविरुद्ध बार्मी आर्मी टिमकी रुविनाले आज भएको खेलमा बलिङमा पाँच विकेट लिंदा ब्याटिङमा अविजित ३२ रन बनाइन्।

रुविना यस फेयरब्रेक टी-२० क्रिकेट प्रतियोगितामा पाँच विकेट लिने एशोसियट राष्ट्रको पहिलो खेलाडी बनेकी छन्। उनी नै खेलको प्लेयर अफ दी म्याच घोषित भइन्।

रुविनाकै अलराउण्ड प्रदर्शनमा बार्मी आर्मीले खेल ६१ रनले जित्यो। 

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बार्मी आर्मीले २० ओभरमा ८ विकेट गुमाएर १६८ रन बनाएको थियो। जसका लागि रुविनाले २५ बलमा १ चौका र २ छक्का प्रहार गर्दै अविजित ३२ रन बनाइन्।

यसपछि १६९ रनको लक्ष्य पछ्याएको साफिरेसलाई १५.५ ओभरमै १०७ रनमा अलआउट भयो। जसका लागि रुविनाले पाँच विकेट लिइन्। 

उनले ४ ओभरमा १ मेडन राख्दै मात्र ११ रन खर्चेर पाँच विकेट लिएकी थिइन्। यस प्रतियोगितामा रुविनासँगै नेपालीकी सीता राना मगरले खेलिरहेकी छन्।

चैत २९, २०७९ बुधबार १२:३२:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।