तोलामा एक हजारले बढ्यो सुनको मूल्य, कति पुग्यो?

तोलामा एक हजारले बढ्यो सुनको मूल्य, कति पुग्यो?

काठमाडौं: आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख १० हजार ८ सय रुपैयाँ कायम भएको हो।

हिजो (मंगलबार) सुन प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, तेजावी सुनको मूल्यमा पनि तोलामा एक हजारले बढेर १ लाख १० हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य भने  तोलामा १५ रुपैयाँले बढेर एक हजार ४५० रुपैयाँ तोकिएको छ।

चैत २९, २०७९ बुधबार ११:४९:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।