वार्ताका नाममा झुक्याउन खोजियो, कांग्रेससँगको वार्ता समाप्त : गोविन्दराज जोशी

काठमाडौं : गोविन्दराज जोशीले नेपाली कांग्रेससँगको वार्ता हालका लागि समाप्त भएको घोषणा गरेका छन्।
नेपाली कांग्रेस स्वतन्त्र अभियान चलाउँदै आएका जोशीले बुधबार प्रेस विज्ञप्तिमार्फत कांग्रेसले झुक्याउने कुरा गरेकाले वार्ता समाप्त भएको घोषणा गरेका हुन्।
जोशीले विज्ञप्तिमा उल्लेख भनेका छन्, ‘नेपाली कांग्रेसका प्रतिनिधिहरूसँग भएको भनिएको वार्तामा हामीलाई झुक्याउने र स्पष्ट कुरा नगरी अल्मल्याउने प्रयास भएकाले आजदेखि कांग्रेससँगको हाम्रो यस चरणको वार्ता समाप्त भएको घोषणा गर्दछौं।’
साथै जोशी समूहले वैशाख १० मा हुने उपनिर्वाचनमा आफ्नो कुनै उम्मेदवार नरहेको पनि बताएका छन्।
चैत २९, २०७९ बुधबार ११:२६:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।