म्यानचेस्टर सिटीमा हालान्डको सानदार प्रदर्शन जारी, बनाए अर्को कीर्तिमान

म्यानचेस्टर सिटीमा हालान्डको सानदार प्रदर्शन जारी, बनाए अर्को कीर्तिमान

एजेन्सी : म्यानचेस्टर सिटीका स्ट्राइकर हालान्डले च्याम्पियन्स लिग अन्तर्गत गए राति भएको बायर्न म्युनिखसँगको खेलमा नयाँ कीर्तिमान बनाएका छन्।

उक्त खेलमा एक गोल गरेका नर्वेका स्टार हालान्डले प्रिमियर लिग खेल्ने खेलाडीले एकै सिजनमा गरेको सर्वाधिक गोलको कीर्तिमान बनाएका हुन्।

उनले यो सिजन सिटीका लागि ३९ खेलमा ४५ गोल गरिसकेका छन्।

यसअघि म्यानचेस्टर युनाइटेडका रुड भान निस्टलरोए र लिभरपुलका मोहम्मद सलाहले एक सिजनमा समान ५२ खेलबाट ४५ गोल गर्दै यो रेकर्ड राखेका थिए। 

तर हालान्डले १३ खेल कम खेलेर यो रेकर्ड तोडेका हुन्।

चैत २९, २०७९ बुधबार १०:२५:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।