बेन्फिकाविरुद्ध इन्टर मिलानको जित, लोनमा गएका लुकाकुले गरे गोल

एजेन्सी : इन्टर मिलानले युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा पोर्चुगिज क्लब बेन्फिकालाई २-० गोल अन्तरले पराजित गरेको छ।
बेन्फिकालाई उसैको घरेलु मैदानमा पराजित गर्न इटालियन क्लब इन्टरका लागि बरेल्ला र लुकाकुले दोस्रो हाफमा एक/एक गोल गरे।
यो जितसँगै इन्टर मिलानको सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनेको छ।
मंगलबार राति भएको खेलको ५१ औं मिनेटमा बरेल्लाले इन्टरको खाता खोलेका थिए। यसपछि ८२ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै लुकाकुले इन्टरलाई २-० को जित दिलाएका थिए।
चैत २९, २०७९ बुधबार ०९:२६:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।