च्याम्पियन्स लिगमा बायर्नविरुद्ध सिटीको सानदार जित

एजेन्सी : म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखलाई ३-० गोल अन्तरले पराजित गरेको छ।
इंग्लिस क्लब सिटीले घरेलु मैदान इतिहाद स्टेडियममा सानदार खेल देखाउँदै यो जितसँगै सेमिफाइनल प्रवेशको सम्भावनालाई निकै बलियो बनाएको हो।
गए राति भएको खेलमा जर्मन क्लब म्युनिखविरुद्ध खेलको २७ औं मिनेटमा रोड्रीको गोलमार्फत सिटीले अग्रता लिएको थियो।
यसपछि ७० औं मिनेटमा सिल्भाले गोल गर्दा ७६औं मिनेटमा हालान्डले तेस्रो गोल थपेका थिए।
चैत २९, २०७९ बुधबार ०९:११:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।