आइपिएलमा चौथो खेल पनि हार्यो दिल्ली, अङ्क तालिकामा पुछारमा

एजेन्सी : दिल्ली टिम इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को चौथो खेल पनि हारेको छ। दिल्ली चौथो खेल हार्दा मुम्बई इन्डियन्सले पहिलो जित निकाल्यो।
पहिलो खेलमा दिल्ली लखनउ सुपर जायन्ट्ससँग र दोस्रो खेलमा गुजरात टाईटन्ससँग पराजित भएको थियो । तेस्रो खेलमा राजस्थान रोयल्ससँग पराजित भएको थियो ।चार खेलमा अङ्कविहीन दिल्ली पुछारमा छ ।
अरुण जेट्ली स्टेडियममा भएको चौथो खेलमा मुम्बईले घरेलु टोली दिल्लीलाई ६ विकेटले पराजित गर्यो।
दिल्लीले १ सय ७३ रनको लक्ष्य दिएकोमा मुम्बईले अन्तिम बलमा ४ विकेट गुमाएर पूरा गर्यो।
मुम्बईका लागि कप्तान रोहित शर्माले ४५ बलमा ६ चौका र ४ छक्काको सहयोगमा ६५ रनको अर्धशतकीय ईनिङ खेले।
तिलक बर्माले २९ बलमा १ चौका र ४ छक्काको सहयोगमा ४१ रनको ईनिङ खेले।
इसान किसनले २६ बलमा ३१ रन बनाए। उता दिल्लीका लागि मुकेश कुमारले २ र मुस्ताफिजुर रहमानले १ विकेट लिएका थिए।
टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले १९ दशमलव ४ ओभरमा अलआउट भएर १ सय ७२ रन बनाएको थियो।
दिल्लीका लागि ओपनर तथा कप्तान डेभिड वार्नरले ४७ बलमा ६ चौकासहित ५१ रन बनाए।
अक्षर पटेलले २५ बलमा ४ चौका र ५ छक्काको सहयोगमा ५४ रन बनाए। मनिष पान्डेले १८ बलमा २६ तथा पृथ्वी शाले १५ रन बनाए।
१९ औँ ओभरमा दिल्लीले अक्षर र कप्तान वार्नर सहित ४ विकेट गुमाएपछि मुम्बईले खेलमा पुनरागमन गरेको थियो।
मुम्बईका लागि पीयूष चावला र जेशन बेरेनडर्फले समान ३/३ विकेट लिए भने रिलि मिरिडेथ २ तथा ऋतिक शोकिनले १-१ विकेट लिए।
चैत २९, २०७९ बुधबार ००:१५:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।