विराटकी छोरीको बलात्कार गर्ने धम्की दिने आरोपीविरुद्धको मुद्दा खारेज

विराटकी छोरीको बलात्कार गर्ने धम्की दिने आरोपीविरुद्धको मुद्दा खारेज

एजेन्सी : क्रिकेटर विराट कोहलीकी नाबालिग छोरी भमिका र श्रीमती अनुष्का शर्मालाई बलात्कारको धम्की दिएको आरोपीविरुद्धको मुद्दा खारेज भएको छ।

सामाजिक सञ्जालमार्फत छोरी र श्रीमतीलाई बलात्कारको धम्की दिने हैदराबादका रामनागेश अकुबथिनीविरुद्धको मुद्दा मुम्बई उच्च अदालतले सोमबार खारेज गरेको हो।

न्यायाधीशहरू एएस गडकरी र पीडी नाइकको संयुक्त इजलासले सोमबार उजुरीकर्ता तथा कोहलीका प्रबन्धक अक्विलिया डिसुजाको सहमतिपछि अभियुक्तहरू विरुद्धको मुद्दा खारेज गर्ने आदेश दिएको हो।

आईआईटी हैदरावादका स्नातक अध्ययनरत अकुबथिनीले गतवर्ष अक्टोबरमा भएको टी–२० विश्वकपमा भारत पाकिस्तानसँग पराजित भएपछि कोहलीकी छोरी बलात्कार गर्ने धम्की ट्वीटरमार्फत दिएका थिए।

चैत २८, २०७९ मंगलबार १९:५४:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।