शिवशक्ति घिउ उद्योग निर्याततर्फ सबैभन्दा ठूलो करदाता

काठमाडौं : शिवशक्ति घिउ उद्योगका कार्यकारी निर्देशक सन्दिपकुमार अग्रवाल ठूला करदाताको रूपमा सम्मानित भएका छन्।
निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य वाणिज्य महासंघको ५७औं वार्षिक साधारणसभाका अवसरमा उनी निर्यात कारोबारमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाताको रूपमा सम्मानित भएका हुन्।
मंगलबार काठमाडौंमा आयोजित महासंघको ५७औं वार्षिक साधारणसभा उद्घाटन सत्रमा शिवशक्ति घिउ उद्योगलाई निर्यात तर्फको सबैभन्दा ठूलो करदाताको रूपमा सम्मान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि तथा प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यकारी निर्देशक अग्रवाललाई सम्मान हस्तान्तरण गरे।
शिवशक्ति घिउ उद्योग प्रशोधित तेल उत्पादन र निर्यातमा संलग्न छ। अग्रवाल बुधबार हुने महासंघको निर्वाचनमा कार्यकारिणी सदस्य उम्मेदवारसमेत छन्।
चैत २८, २०७९ मंगलबार १७:०७:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।