शेयर बजारमा दोहोरो अंकको सुधार, शिवम् सिमेन्टमा झुम्मिए लगानीकर्ता

काठमाडौं : कारोबार हुने साताको तेस्रो दिन शेयर बजारमा दोहोरो अंकको सुधार आयो।
मंगलबार नेप्से परिसूचक २७ अंकले बढेर १८७१ विन्दुमा पुग्दा सेन्सेभिट परिसूचक ५ अंकले बढेर ३५५ विन्दुमा पुग्यो।
१३ उपसूचक समूह सबै बढ्दा सबैभन्दा बढि उत्पादन र प्रशोधन समूह ३.२८ प्रतिशतले बढ्यो। त्यसपछि फाइनान्स समूह २.४३ प्रतिशतले बढ्दा विकास बैंक समूह पनि २.३५ प्रतिशतले उकालो चढ्यो।
बजारमा सुधार आए पनि कारोबार रकम भने आशातित रुपमा बढ्न सकेन। यसदिन २६२ कम्पनीका ३३ लाख १५ हजार कित्ता किनबेच हुँदा १ अर्बको पनि कारोबार भयो।
मंगलबार सबैभन्दा बढि कारोबार शिवम् सिमेन्टको ७ करोड १० लाखको हुँदा दोस्रोमा सानिमा मिडल तमोर हाइड्रोपावरले ५ करोडको कारोबार गर्यो।
मंगलबार पनि कालिन्चोक दर्शन र कृषि विकास बैंकले सकारात्मक सर्किट लाग्यो।
चैत २८, २०७९ मंगलबार १५:२२:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।