पहिलो जितका लागि भिड्दै पुच्छारका दुई टिम, दिल्ली र मुम्बई

एजेन्सी : इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज यो सिजन हालसम्म एक खेल पनि नजितेका दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबीच भिडन्त हुँदैछ।
लिगमा पहिलो जितको खोजीमा रहेका यी दुईबीचको खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।
लगातार तीन खेल हारेको दिल्ली आज घरेलु मैदानको फाइदा उठाउँदै पहिलो जित निकाल्ने दाउमा छ।
दिल्ली लिगका अघिल्ला खेलमा गुजरातसँग ६ विकेट, लखनउसँग ५० रन र राजस्थानसँग ५७ रनले पराजित भएको थियो।
उता लिगको सर्वाधिक सफल टिम मुम्बईको पनि यो सिजन निकै खराब फर्म जारी छ।
सुरुवाती दुई खेलमा मुम्बईले बेंगलोरसँग ८ विकेट र चेन्नईसँग ७ विकेटको हार भोग्दा जितको खाता खोल्न सकेको छैन।
आजको खेलबाट मुम्बई पनि टिमको लय सुधार्ने तयारीमा छ।
चैत २८, २०७९ मंगलबार १४:०३:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।