बमलाई खेलौना ठानेर खेल्दा दुई बालबालिकाको ज्यान गयो

बमलाई खेलौना ठानेर खेल्दा दुई बालबालिकाको ज्यान गयो

एजेन्सी : अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीको बोर्जगी गाउँका केही बालबालिकाले खेलौना ठानेर बमसँग खेल्दा विष्फोटनमा परी दुई जना बालबालिकाको मृत्यु भएको छ । 

हिजो (सोमबार) दिउँसो बालबालिकाको एउटा समूहले गाउँमा खेलौनाजस्तो वस्तु फेला पारेका थिए। केटाकेटी त्यसैसँग खेलिरहँदा अचानक विष्फोट भएपछि दुई बालबालिकाको मृत्यु भएको अफगानिस्तानको समाचार समितिले जनाएको छ।

दुवै बालबालिकाको घटनास्थलमै मृत्यु भएको सुरक्षाकर्मीहरूले बताएका छन्।

गत आइतबार घाज्नीको छिमेकी कान्दाहार प्रान्तमा पनि यस्तै प्रकृतिको विष्फोट हुँदा एक जना बालकको मृत्यु भएको थियो भने अर्का एक जना घाइते भएका थिए।

चैत २८, २०७९ मंगलबार १२:४१:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।