संक्रमणकालीन न्यायसम्बन्धी लगायतका विधेयक सर्वस्वीकार्य बनाउने तीन दलको सहमति

काठमाडौं : संक्रमणकालीन न्यायसम्बन्धी लगायतका विधेयक सर्वस्वीकार्य बनाउन ३ प्रमुख दलले सहमति गरेका छन्।
सभामुख देवराज घिमिरेको सरकारी निवासमा बसेको बैठकले संक्रमणकालीन न्याय लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने समझदारी गरेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।
सभामुख घिमिरेकै आह्वानमा भएको बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका प्रमुख नेताहरूको सहभागिता रहेको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयक, संक्रमणकालीन न्यायसम्बन्धी विधेयक, संवैधानिक परिषद् सम्बन्धी विधेयक, सम्पत्ति शुद्धीकरण विधेयक जस्ता विषयमा छलफल भएको थियो।
चैत २८, २०७९ मंगलबार १२:२४:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।