तीन दलका शीर्ष नेताहरू बैठकमा, विभिन्न विधेयकका विषयमा छलफल हुँदै

तीन दलका शीर्ष नेताहरू बैठकमा, विभिन्न विधेयकका विषयमा छलफल हुँदै

काठमाडौं : तीन ठूला दलका शीर्ष नेताहरूको बैठक सभामुख देवराज घिमिरेको सरकारी निवास बालुवाटारमा सुरु भएको छ।

सभामुख घिमिरेकै आह्वानमा भएको बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका प्रमुख नेताहरूको सहभागीता रहेको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयक, संक्रमणकालीन न्यायसम्बन्धी विधेयक, संवैधानिक परिषद् सम्बन्धी विधेयक, सम्पत्ति शुद्धीकरण विधेयक जस्ता विषयमा छलफल हुनेछ।

चैत २८, २०७९ मंगलबार ११:१७:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।