ढाकाकुमारको ‘२ करोड’ अडियो प्रकरणबारे छलफल गर्न रास्वपाको अनुशासन आयोगको बैठक बस्दै

ढाकाकुमारको ‘२ करोड’ अडियो प्रकरणबारे छलफल गर्न रास्वपाको अनुशासन आयोगको बैठक बस्दै

काठमाडौं : सांसद ढाकाकुमार श्रेष्ठले दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो प्रकरणमा छलफलका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगको बैठक आज (मंगलबार) बस्दैछ।

बैठक ११ बजे पार्टी कार्यालय बसुन्धारामा बस्ने बताइएको छ।

आयोगले सांसद श्रेष्ठले सोमबार बुझाएको स्पष्टीकरणका विषयमा छानबिन गरेर केन्द्रीय समितिलाई सिफारिस गर्नेछ।

उक्त सिफारिसका आधारमा श्रेष्ठमाथि के कारबाही गर्ने भनेर केन्द्रीय समितिले निर्णय लिनेछ।

रास्वपाका समानुपातिक तर्फका सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो।

यसपछि रास्वपाले उनलाई पार्टीको साधारण सदस्यबाट समेत निलम्बन गरी यस विषयमा छानबिन गरिरहेको छ।

चैत २८, २०७९ मंगलबार १०:३९:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।