बराबरीमा रोकियो बार्सिलोना, लिगमा १५ अंकको अग्रता लिने मौका गुम्यो

बराबरीमा रोकियो बार्सिलोना, लिगमा १५ अंकको अग्रता लिने मौका गुम्यो

एजेन्सी : स्पेनिस लिग लिडर बार्सिलोना लिग अन्तर्गतको जिरोनासँगको खेलमा गोलरहित बराबरीमा रोकिएको छ।

गए राति घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा पाहुना टोली जिरोनालाई दवाबमा राखे पनि बार्साले गोल भने गर्न सकेन।

बार्सिलोनाले केही राम्रा गोलका मौका खेर फाल्दा जिरोना बार्सालाई उसकै घरेलु मैदानमा बराबरीमा रोक्न सफल भएको हो।

यो बराबरीसँगै बार्सिलोनाले लिगमा १५ अंकको अग्रता लिने सुवर्ण मौका खेर फालेको छ। बार्सिलोनाको २८ खेलबाट ७२ अंक छ भने दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको ५९ अंक छ।

यो बराबरीले बार्साको रियलसँगको अंक दुरी १३ कायम भएको छ।

चैत २८, २०७९ मंगलबार ०९:३७:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।