जेल ब्रेक गर्ने झापाका नेता नरेशले छाडे एमाले

काठमाडौँ : नक्खु जेल ब्रेकरमध्येका एमाले नेता नरेश खरेलसहित १० जनाले एमाले पार्टी छाडेको घोषणा गरेका छन्। झापामा एमालेका पुराना नेतामध्येका एक उनले सोमबार विज्ञप्तिमार्फत पार्टीमा दक्षिणपन्थी प्रवृत्ति हाबी भएको आरोप लगाउँदै पार्टी छाडेको घोषणा गरेका हुन्।
सोमबार जारी भएको विज्ञप्तिमा खरेलसँगै झापा एमालेका जिल्ला उपसचिव चन्दा श्रेष्ठसहित १० जनाले पार्टी छाडेको उल्लेख छ।
पञ्चायतकालमा १७ वर्ष जेल बसेका उनी २०३३ सालमा भएको नक्खु जेल ब्रेकमा समेत सहभागी थिए।
उनले विज्ञप्तिमा पार्टीमा लामो समय योगदान गरेका भन्दा पनि गलत गतिविधि गर्नेहरू हाबी भएको भन्दै अब स्वतन्त्र रहने उल्लेख गरेका छन्।
चैत २७, २०७९ सोमबार १७:५७:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।