प्रोटिन खाध्यबारे चेतना बढाउन अप्रिलमा 'सोया महिना'अभियान मनाइने

काठमाडौँ : 'राइटटुप्रोटिन'ले अप्रिल महिनालाई'सोया महिना' अभियानका रूपमा मनाउने भएको छ। दिगो खाद्य प्रणाली र प्रोटिनयुक्त आहारलाई बढवा दिन सोयाबिनले खेल्ने भूमिकामा केन्द्रितहुँदै सोयामा आधारित खाद्य पदार्थ तथा सोया खुवाइएका पशु स्रोतबाट प्राप्त हुने प्रोटिनका फाइदाबारे सचेतना बढाउन सो अभियान सुरु गरिएको आयोजकले जानकारी दिएको छ।
अप्रिल २०२३ मा 'सोया महिना' मनाउँदै सोयाबिनको अनुसन्धान र विकासलाई प्रोत्साहन गर्ने र नेपालमा किसानहरूका लागि थप अवसरहरू सिर्जना गर्ने आयोजकले जानकारी दिएका छन्।
विश्व खाद्य कार्यक्रमको रिपोर्ट अनुसार करिब १४ प्रतिशत नेपाली जनसङ्ख्या प्रोटिनको कमीबाट पीडित देखिएका छन्। यसले बालबालिकामा पुड्कोपन र शारीरिक दुर्बलता जस्ता समस्याहरू निम्त्याउने गरेको छ।
सोयामा आधारित खाद्य स्रोतहरूले उपभोगका लागि उच्च-गुणस्तर, बोटबिरुवामा आधारित प्रोटिन स्रोतले समस्याको सम्बोधन गर्ने, जनमानसमा प्रोटिनको स्थिति सुधार गर्ने र पोषण सुरक्षा प्राप्त गर्न सकिन्छ।
सोयाबिनलाई पोषक तत्त्वले भरिपूर्ण खाद्यपदार्थ मानिन्छ। सोयाबाट बनेका खाद्यवस्तुहरूमा मात्रै शरीरलाई आवश्यक पर्ने ९ एमिनो एसिड प्राप्त हुने विश्वास गरिन्छ। मासुको अलावा बोटबिरुवाबाट प्रोटिन प्राप्त गर्न यो साहाकारीहरूलाई राम्रो विकल्प हुने देखिन्छ।
सोयालाई पशु-आधारित उत्पादनहरूमा प्रोटिन सामग्री बढाउन पशुपक्षी र माछाका दानाका रूपमा प्रयोग समेत गरिन्छ। सायो-आधारित फिडलाई प्रवर्द्धन गर्न प्रमुख पोल्ट्री उत्पादकहरूलाई प्याकेज गरिएका प्रोटिन उत्पादनहरूमा 'सोया-फेड उत्पादन' भनेर उल्लेख गर्न प्रोत्साहन गर्दै आएको छ।
यसले उपभोक्ताहरूलाई प्रोटिनयुक्त पशु उत्पादनहरू पहिचान गर्न मद्दत गर्ने र जनावरको दानामा गुणस्तरीय प्रोटिन स्रोतका रूपमा सोयाको उद्योगलाई पनि बढवा दिने उत्पादकको दाबी छ।
चैत २७, २०७९ सोमबार १७:२७:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।