एक खेलका लागि बीसीसीआईले कति तिर्छ स्टेडियमलाई?

एक खेलका लागि बीसीसीआईले कति तिर्छ स्टेडियमलाई?

एजेन्सी : भारतका विभिन्न राज्यहरूमा क्रिकेट संघहरू छन्। जारी आईपीएल मार्फत प्रतियोगिता आयोजना गर्ने संघले ठूलै रकमा पाउने गर्छन्।

मातहतका रंगशालामा खेल आयोजना गरेबापत भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले प्रत्येक खेलका लागि राज्यका क्रिकेट संघलाई ६४ लाख ८० हजार रूपैयाँ दिने गरेको छ।

बीसीसीआईले प्लेअफ बाहेकका ७० खेलका लागि राज्यका क्रिकेट संघलाई कुल ४५ करोड ३६ लाख रूपैयाँ दिनेछ।

गुजरात क्रिकेट संघले १६औं सिजनबाट सबैभन्दा धेरै रकम पाउने भएको छ।अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियमले ८ खेलहरू आयोजना गर्दा संघले सबैभन्दा धेरै ५ करोड १८ लाख रूपैयाँ पाउनेछ।

मुम्बई, दिल्ली, चेन्नई, बेंगलुरु, लखनऊजस्ता सात स्टेडियममा ७-७ खेल हुनेछन्। यी सबैका क्रिकेट संघले समान ४ करोड ५३ लाख पाउँदा गुवाहाटी र धर्मशाला स्टेडियमले सबैभन्दा कम रकम पाउनेछन्।

दुवै स्टेडियममा जम्मा दुई-दुई खेल हुने भएकाले असम क्रिकेट संघ र हिमाचल क्रिकेट संघले १ करोड २९ लाख रूपैयाँका दरले पाउँछन्। यी दुवै स्टेडियममा पहिलो पटक आईपीएल खेलाउँदैछन्।

गुवाहाटीको बार्सपारा स्टेडियम यस सिजन राजस्थान रोयल्सको दोस्रो घरेलु मैदान हो भने धर्मशाला पञ्जाब किंग्सको दोस्रो घरेलु मैदान हो। यी दुईमा दुई–दुई खेल हुनेछन्।

उत्तर प्रदेश क्रिकेट संघ लखनऊमा इकाना स्टेडियम छ। यहाँ पहिलो पटक आईपीएल खेलहरू आयोजना हुँदैछ। यस रंगशालामा ७ खेल खेलिने भएकाले यस रंगशालाले ४ करोड ५३ लाख ६० हजार रुपैयाँ पाउनेछ।

चैत २६, २०७९ आइतबार २२:३१:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।