साढे २ करोडको अडियो काण्डमा ७२ घण्टाभित्र छानबिन गर्न निर्देशन दिएको रविको दाबी

साढे २ करोडको अडियो काण्डमा ७२ घण्टाभित्र छानबिन गर्न निर्देशन दिएको रविको दाबी

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले स्वास्थ्यमन्त्री बन्न साढे मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग साढे दुई करोड माग्ने पार्टीका सभासद् ढाकाकुमार श्रेष्ठको संलग्नताबारे ७२ घण्टाभित्र निर्णय गर्न पार्टीको अनुशासन समितिलाई निर्देशन दिएको दाबी गरेका छन्।

स्वास्थ्यमन्त्री बन्न पार्टी सभापति लामिछाने निकट रहेका दुई/ तीन व्यक्तिले साढे दुई करोड रकम मागेको र अहिले तत्काल एक करोड दिए हुने भन्दै गरेको कुराकानीको अडियो सार्वजनिक भएको थियो।

उनले आइतबार बारामा आयोजित चुनावी सभामा बोल्दै आफू वरपरका कोही संलग्न भए उनीहरूमाथि समेत कारबाही गर्ने दाबी गरे।

उनले सांसद श्रेष्ठ संलग्न देखिए सांसद पदबाट बर्खास्त गरेर अर्कोलाई सांसद बनाउने र आफ्नो वरपरका जो भए पनि उनीहरूमाथि समेत कारबाही हुने दाबी गरे।

पार्टीले श्रेष्ठमाथि कारबाही गर्दै त्यसबारे आवश्यक परे प्रहरी अनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गएर कारबाही गर्न आफैँ गएर निवेदन दिने दाबी समेत गरे।

सभामा सांसद तोसिमा कार्की, बाराका उम्मेदवार रमेश खरेल लगायतकाले सम्बोधन गरेका थिए। खरेलले चुनावी सभामा बोल्दै देश पकेटमारहरूको हातमा पुगेको भन्दै आफूलाई मत दिन आग्रह गरेका थिए।

यो पनि

चैत २६, २०७९ आइतबार १८:१५:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।