सिंहदरबारको फोहोर महानगरले हैन निजी संस्थाले उठाउँछ, त्यसलाई पनि रोके मेयर बालेनले

सिंहदरबारको फोहोर महानगरले हैन निजी संस्थाले उठाउँछ, त्यसलाई पनि रोके मेयर बालेनले

काठमाडौँ : सिंहदरबार परिसरको फोहोर सङ्कलनको काम काठमाडौँ महानगरपालिकाले हैन निजी संस्था परिवर्तन सेवा प्रालीले गर्दै आएको थियो। त्यही निजी संस्थालाई पनि महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले फोहोर सङ्कलन गर्न रोक लगाए।

साहले शुक्रवार सामाजिक सञ्जालबाट सिंहदरबार क्षेत्रको फोहोर नउठ्ने बताएका थिए। निजी संस्थाले सहरी विकास मन्त्रालयसँग सम्झौता गरेर सिंहदरबार परिसरको फोहोर उठाउने गरेको थियो। परिसरबाट दैनिक पाँच टन फोहोर उठाउने गरेको थियो।

सो कम्पनीले सो फोहोर ल्याण्डफिल साइट बञ्चरेडाँडा लैजाने गरेको थियो। कम्पनीले सिंहदरबारको फोहोर उठाउनेबारे मेयरलाई सोध्दा सिंहदरबारको फोहोर बञ्चरेडाँडामा नजाने आदेश दिएपछि निजी कम्पनीले पनि फोहोर उठाएन।

चैत २६, २०७९ आइतबार १६:१८:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।