आईपीएलमा लगातार तेस्रो जित निकाल्ने तयारीमा गुजरात, कोलकाताको स्पिन बलिङ बाधक

आईपीएलमा लगातार तेस्रो जित निकाल्ने तयारीमा गुजरात, कोलकाताको स्पिन बलिङ बाधक

एजेन्सी : डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सले आईपीएलमा लगातार तेस्रो जित निकाल्ने तयारीका साथ आज कोलकाता नाइट राइडर्ससँग भिडन्त गर्दैछ।

खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे गुजरातको घरेलु मैदानमा हुनेछ।

हार्दिक पान्ड्याको कप्तानीमा रहेको गुजरातलाई आजको खेल जित्न कोलकाताको धारिलो स्पिन बलिङको सामना गर्नुपर्ने हुन्छ।

गुजरातले पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई ५ विकेट र दोस्रो खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको थियो।

दोस्रो जित निकाल्ने दाउमा रहेको कोलकाता भने यसअघि पन्जाब किंग्ससँग ७ रनले पराजित हुँदा रोयल च्यालेन्जर्स बेंगलोरलाई ८१ रनले हराउन सफल भएको थियो।

चैत २६, २०७९ आइतबार १३:४५:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।