‘नेपाल पे’को क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक पाइने

‘नेपाल पे’को क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक पाइने

काठमाडौं : ‘नेपाल पे’को क्यूआर स्क्यान गरी भुक्तानी गर्दा अब ग्राहकहरूले १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्मको क्यासब्याक पाउने भएका छन्।

यस अफर नेपालभरी रहेका नेपाल पेको क्यूआरका सम्पूर्ण मर्चेन्टहरूमा चैत २६ गते देखि २०८० वैशाख २ गतेसम्म उपलब्ध हुने बताइएको छ।

विभिन्न डिपार्टमेन्टल स्टोर तथा इ-कमर्स पोर्टलमा क्यूआर गेटवे तथा पीओएसमा उपलब्ध रहेको नेपाल पेको क्यूआर ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग, वालेट वा कनेक्ट आईपीएसबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्छन्।

नयाँ वर्ष २०८० को अवसरामा यो अफर नेपाल भरका २ लाख ३५ हजारभन्दा बढी नेपाल पेको क्यूआर मर्चेन्टहरूमा लागू गरिएको छ।

हाल नेपाल पेको क्यूआरको सुविधा अधिकांश बैंक, वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग र वालेटहरूमा उपलब्ध छ।

चैत २६, २०७९ आइतबार १३:२५:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।