पहिलो खेलै हारेपछि लाम्पार्डले भने : चेल्सीको समस्या एकै दिनमा समाधान हुँदैन

एजेन्सी : पहिले बर्खास्त भएर पुन: चेल्सीको अन्तरिम प्रशिक्षकको रुपमा फर्किएका फ्रान्क लाम्पार्डले पुनरागमनको पहिलो खेलमा नै हार भोगेका छन्।
इंग्लिस प्रिमियर लिगको खेलमा चेल्सी घरेलु टोली विल्भरह्याम्पटनसँग १-० ले पराजित भयो। विल्भ्सको जितमा ३१ औं मिनेटमा नुनेसले गरेको गोल नै निर्णायक बनेको थियो।
क्लबमा फर्किएको पहिलो खेलमा नै हार भोगेपछि लाम्पार्डले चेल्सीको समस्या एकै दिनमा समाधान नहुने प्रतिक्रिया दिएका छन्।
यस हारपछि ३० खेलबाट ३९ अंक रहेको चेल्सी लिगको ११ औं स्थानमा छ।
प्रशिक्षक ग्राहम पोटरलाई बर्खास्त गरेपछि चेल्सीले पूर्व प्रशिक्षक लाम्पार्डलाई यस सिजनको अन्त्यसम्मको लागि अन्तरिम प्रशिक्षकको रुपमा नियुक्त गरेको हो।
यसअघि सन् २०१९ देखि २०२१ सम्म चेल्सीको प्रशिक्षकको रुपमा काम गरेका पूर्व स्टार खेलाडी लाम्पार्डलाई पनि २०२१ मा क्लबले बर्खास्त गरेको थियो।
चेल्सीले च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा बुधबार रियल म्याड्रिडको सामना गर्दैछ।
चैत २६, २०७९ आइतबार ११:२२:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।