घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडको जित

घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी : इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई २-० गोलअन्तरले पराजित गरेको छ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा गए राति भएको खेलमा म्यान्युको जितमा म्याक टोमिने र मार्सियालले एक/एक  गोल गरेका थिए।

खेलको ३६ औं मिनेटमा म्याक टोमिनेले युनाइटेडको खाता खोल्दा ७१ औं मिनेटमा मार्सियालले दोस्रो गोल गरेका थिए।

यो जितसँगै युनाइटेड २९ खेलबाट ५६ अंक जोडेर चौथो स्थानमा कायमै छ। लिडर आर्सनलको भने समान खेलबाट ७२ अंक छ।

चैत २६, २०७९ आइतबार ०९:४७:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।