पाटन स्ववियु सभापतिमा सुशील विष्ट निर्वाचित, नेविसंघविरुद्ध दिएका थिए बागी उम्मेदवारी

पाटन स्ववियु सभापतिमा सुशील विष्ट निर्वाचित, नेविसंघविरुद्ध दिएका थिए बागी उम्मेदवारी

काठमाडौं : ललितपुरमा रहेको पाटन क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार सुशील विष्ट निर्वाचित भएका छन्।

नेविसंघविरुद्ध बागी उम्मेदवारी दिएका विष्ट १६९ मतान्तरले विजयी भएका हुन्।

नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले सुरूमा विष्टलाई स्ववियु सभापतिको टिकट दिने बताएकोमा पछि युवराज लामालाई टिकट दिएका थिए।

यसै आन्तरिक विवादका कारण नेविसंघका इकाइ उपाध्यक्ष समेत रहेका विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए।

गए राति सम्पन्न मतगणना अनुसार विष्टले ८४१ मत ल्याउँदा अनेरास्ववियुका उम्मेदवार सुरेश जिसीले ६७२ मत पाए।

त्यसैगरी पाटनको स्ववियु सचिवमा अनेरास्ववियुका अभिनाष भण्डारी र कोषाध्यक्षमा अनेरास्वयुविकै तिलक बहादुर कुमाल विजयी भएका छन्।

चैत २६, २०७९ आइतबार ०८:११:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।