मेस्सीको सानदार प्रदर्शनमा पीएसजीको जित, लिगमा ६ अंकको अग्रता

एजेन्सी : अर्जेन्टिनाका स्टार खेलाडी लियोनेल मेस्सीको सानदार प्रदर्शनमा पीएसजीले फ्रेन्च लिगमा नाइसलाई २-० गोलअन्तरले पराजित गरेको छ।
अओए खेलमा पीएसजीको जितमा मेस्सीले एक गोल गर्दा अर्को गोलको लागि असिस्ट गरेका थिए।
गए राति भएको खेलको २६ औं मिनेटमा गोल गर्दै मेस्सीले पहिलो हाफमा पीएसजीलाई १-० को अग्रता दिलाएका थिए। यसपछि मेस्सीकै पासमा ७६ औं मिनेटमा डिफेन्डर सर्जिओ रामोसले गोल गर्दै पिएसजीको जित पक्का गरे।
यो जितसँगै लिग लिडर पीएसजीको फ्रेन्च लिगमा ३० खेलबाट ६९ अंक भएको छ। लिगमा ६ अंकको अग्रता कायम गरेको पीएसजी यो पटक पनि लिग उपाधितिर उन्मुख छ।
चैत २६, २०७९ आइतबार ०७:२८:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।