चेन्नेइसँग हारेपछि मुम्बईका क्याप्टेनले भने' हामी बहादुर बन्नै पर्छ नत्र अप्ठ्यारो छ'

चेन्नेइसँग हारेपछि मुम्बईका क्याप्टेनले भने' हामी बहादुर बन्नै पर्छ नत्र अप्ठ्यारो छ'

काठमाडौँ : इन्डियन प्रिमियर लिगमा चेन्नेई सुपर किङग्ससँग सात विकेटले पराजित भएपछि मुम्बई इन्डियन्सका क्याप्टेन रोहित शर्माले अब टिमका खेलाडीले बहादुरी देखाउनुपर्ने प्रतिक्रिया दिए।

टस जितेर बलिङ छानेको चेन्नेईका स्पिनर जम्दा मुम्बई इन्डियन्स २० ओभरमा १५७ रन मात्र बनायो।  चेन्नेईले तीन विकेट गुमाएर पूरा ओभर नखेली जितका लागि आवश्यक रन बनायो।

हारपछि शर्माले पिच राम्रो हुँदाहुँदै चेन्नेइको स्पिनर्सका कारण ४० रन कम भएको बताए।

'उनीहरूले धेरै राम्रो बलिङ गरे। हामीलाई प्रेसरमा राखे। हामीले जवाफ दिन सकेनौँ' उनले भने'अब हामीले अलग प्रयास गर्नुपर्छ। आक्रामक बन्नुपर्छ। बहादुर बन्नुपर्छ।'

टिममा युवा खेलाडी रहेको र उनीहरूलाई केही समय दिनुपर्ने भन्दै उनले सिनियर खेलाडी अब अगाडि आउनुपर्ने बताए।

'अब सिनियर्स अगाडि आउनुपर्छ। त्यसको प्रारम्भ म बाट हुनुपर्छ' उनले भने' हामीलाई आइपिएलबारे जानकारी छ। हामीले मोमेन्ट्स लिनुपर्छ। नत्र गाह्रो हुन्छ।'

उनले दुई खेल मात्र भएकाले केही नबिग्रिएको तर ब्याटिङमा अब सिनियर्सहरुले सुधार्नुपर्ने बताए।

'यदि तपाईँले जित्नुभयो भने लगातार जितिन्छ। हार्दा मोमेन्टममा असर पर्छ' उनले भने' हामी धेरै काम गर्न चाहन्थ्यौ तर चेन्जिङ रुमको छलफल अनुसार हुन सकिरहेको छैन।'

चैत २६, २०७९ आइतबार ०१:४२:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।