स्पिनर चम्कँदा आइपिएलमा मुम्बई इन्डियन्सलाई सजिलै हरायो चेन्नेईले

स्पिनर चम्कँदा आइपिएलमा मुम्बई इन्डियन्सलाई सजिलै हरायो चेन्नेईले

काठमाडौँ : इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्स चेन्नेई सुपर किङग्ससँग सात विकेटले पराजित भएको छ। शनिबारको खेलमा चेन्नेइले सहजै जित्यो।

टस जितेर बलिङ छानेको चेन्नेईका स्पिनर जम्दा मुम्बई इन्डियन्स २० ओभरमा १५७ रन बनाउन सफल भयो। सबै भन्दा ठूलो स्कोर नै ईशान किसनको ३२ रन बन्यो।

चेन्नेईका लागि रवीन्द्र जडेजाले तीन विकेट लिए। तुषार देशपाण्डे र मिचल सैट्नरले समान दुई-दुई विकेट लिए।

ब्याटिङ गर्न फिल्डमा आएको चेन्नेईका रहाणेले हाफ सेन्चुरी अनि ऋतुराज गायकवाडको ४० रनको सहयोगमा तीन विकेट गुमाएरै जितका लागि आवश्यक रन बनायो।

चैत २६, २०७९ आइतबार ००:५९:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।