संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे ओलीको धारणा- ‘समितिमा कुनै न कुनै हिसाबले त लानपर्ला’

काठमाडौं : संक्रमणकालीन न्याय निरूपण सम्बन्धी (टिआरसी) विधेयकलाई फास्ट ट्र्याकबाट पारित गर्ने सत्तापक्षको प्रस्ताव एमालेले अस्वीकार गरेको छ।
सभामुख देवराज घिमिरेको पहलमा शनिबार भएको ठूला तीन दलका शीर्ष नेताहरूको छलफलमा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले संसदीय समितिमा लैजानुपर्ने बताएका हुन्।
सभामुखको कार्यकक्षमा प्रधानमन्त्री प्रचण्डसहित एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो।
बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले समितिमा लगेर छलफल गरिनुपर्ने बताए।
‘फास्ट ट्र्याकमा चाहिँ कति गर्न मिल्छ, कति मिल्दैन हामी छलफल गर्दैछौँ,’ उनले भने, ‘समितिमा कुनै न कुनै हिसाबले त लानपर्ला।’
शीर्ष तहमा चैत २८ गते पुनः छलफल हुने भएको छ।
चैत २५, २०७९ शनिबार १८:३५:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।