थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप ६४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ।
१ हजार १७० वटा नमुनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४१ तथा एन्टिजेन विधिबाट २३ जनामा सङ्क्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही अवधिमा थप ५७ जना सङ्क्रमणमुक्त पनि भएका छन्।
योसँगै देशभर पीसीआर विधिबाट सक्रिय सङ्क्रमितको सङ्ख्या ३५७ पुगेको छ।
त्यस्तै, थप २० हजार २५७ जनाले कोरोनाभाइरसविरुद्धको खोप पनि लगाएका छन्।
पछिल्लो एक सातादेखि नेपालमा कोरोना संक्रमणदर बढेको छ।
चैत २५, २०७९ शनिबार १६:५०:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।