सभामुखको कार्यकक्षमा देउवा, ओली र दाहालको भेट

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ।
सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्यालयमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्तीसहित शीर्ष तीन दलका नेताहरूको भेट भएको हो।
भेटको कारणबारे अहिलेसम्म केही खुलाइएको छैन। यद्यपि प्रधानमन्त्रीको सचिवालयले यसलाई सामान्य राजनीतिक भेटघाट मात्र भएको बताएको छ।
तर, नयाँ सरकारले पूर्णता नपाउँदै तीन दलका नेताहरू एक ठाउँम उभिनुलाई अर्थपूर्ण रूपमा भने हेरिएको छ।
चैत २५, २०७९ शनिबार १६:४७:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।