आईपीएलको एघारौं खेलमा दिल्लीले टस जित्यो

काठमाडौं : आईपीएल २०२३ को ११औं खेल दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबीच गुवाहाटीमा हुँदैछ।
टस जितेर दिल्ली क्यापिटल्सका कप्तान डेभिड वार्नरले पहिले बलिङ गर्ने निर्णय गरेका छन्।
दिल्ली क्यापिटल्सले यस प्रतियोगितामा अहिलेसम्म खेलेका दुवै खेलमा हार बेहोरेको छ।
उता, पहिलो खेलमा सनराइजर्स हैदरावादलाई ७२ रनले हराएको राजस्थान रोयल्स दोस्रो खेलमा पञ्जाब किंग्ससँग ५ रनले पराजित भएको थियो।
आईपीएलमा दुई टोलीबीच हालसम्म २६ खेल भइसकेका छन्। जसमा दुवै टोलीले समान १३–१३ खेल जितेका छन्।
चैत २५, २०७९ शनिबार १५:२८:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।