एकीकृत समाजवादीका तेस्रो वरीयताका नेताले पार्टी छाडे

काठमाडौं : एकीकृत समाजवादीका तेस्रो वरीयताका नेता तथा पूर्व मन्त्री मुकुन्द न्यौपानेले पार्टी छाडेको घोषणा गरेका छन्।
अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालपछि उनको वरीयता आउँछ।
पार्टी दक्षिणपन्थीको सेवक मात्र बनेको र जति खाए पनि नभरिने नेताहरूको चरित्र देखिएको भन्दै नेता न्यौपानेले शनिबार पत्रकार सम्मेलन गरेर एकीकृत समाजवादी छाडेको घोषणा गरेका हुन्।
उनले भविष्य नभएको पार्टीको नेता हुनुभन्दा सम्मानित नागरिक भएर जिउने भन्दै पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएको बताएका छन्।
चैत २५, २०७९ शनिबार १५:०१:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।