बालेन साहको अर्को प्रहार : भारत र चाइनाले बनाएको सरकारको कुनै इज्जत गर्दिन

काठमाडौं : आज (शनिबार) बिहानैदेखी काठमाडौं महानगरपालिकाका मेयर बालेन साह सरकार र नेताहरूको आलोचना गर्नमा लागि परेका छन्।
सामाजिक सञ्जालमा लगातार असन्तुष्टि जनाउँदै उनले अहिलेको नेपालको सरकार भारत र चाइनाले बनाएको आरोप लगाएका हुन्।
मेयर साहले फेसबुकमा आज दोस्रो स्टाटस लेख्दै भारत र चाइनाले बनाएको यो सरकारको आफूले कुनै इज्जत नगर्ने समेत बताए।
उनले फेसबुकमा लेखेका छन्, ‘इन्डिया र चाइनाले बनाएको सरकारको कुनै इज्जत गर्दिन म।’
‘नेपाल स्वाधीन कहिले हुने? आफ्नो अस्तित्व कहिले बनाउने? लाज लाग्दैन?’ नेताहरूलाई उनले प्रश्न समेत तेर्स्याए।
आज बिहानै पनि उनले देश सफा गर्ने हो भने अब नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने प्रतिक्रिया दिएका थिए। उनले आजदेखि सिंहदरबारको फोहोर पनि नउठाउने बताएका थिए।
उनले फेसबुकमा लेखेका थिए, ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन। साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ।’
चैत २५, २०७९ शनिबार १०:२८:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।