कोम्पनीले रेलिगेसनमा परेको एकै वर्षमा प्रिमियर लिगमा उकाले बर्नलेलाई

एजेन्सी : रेलिगेसनमा परेको एक वर्षपछि नै बर्नले पुन: इंग्लिस प्रिमियर लिगमा बढुवा भएको छ।
गएराति भएको दोस्रो डिभिजनको लिग, च्याम्पियनसिपको खेलमा बर्नलेले मिडल्सब्रगलाई २-१ ले पराजित गर्यो। यो जितसँगै बर्नले लिगमा ७ खेल बाँकी छँदा नै प्रिमियर लिगमा फर्कन सफल भएको हो।
म्यानचेस्टर सिटी तथा बेल्जियनका पूर्व कप्तान भिन्सेन्ट कोम्पनीको प्रशिक्षणमा रहेको बर्नले एकै वर्षमा शीर्ष डिभिजनमा फर्किएको हो। उनले सन् २०२२ देखि क्लब सम्हालेका थिए।
गत सिजन इंग्लिस प्रिमियर लिगमा १८ औं स्थानमा रहेकाले बर्नले रेलिगेसनमा परेको थियो।
चैत २५, २०७९ शनिबार ०८:५७:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।