एनसेलको सहकार्यमा वैशाख २ गते दरवारमार्गमा सडक महोत्सव हुने

एनसेलको सहकार्यमा वैशाख २ गते दरवारमार्गमा सडक महोत्सव हुने

काठमाडौं : नेपाली नयाँ वर्ष २०८० को अवसरमा वैशाख २ गते, शनिबार काठमाडौंको दरवारमार्गमा ‘एनसेल प्रिजेन्टस् पर्पल स्याटर्डेः १६ औं दरवारमार्ग सडक महोत्सव’ हुने भएको छ।

नेपाल उद्योग वाणिज्य महासंघ, दरवारमार्ग विकास बोर्ड र रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान)ले एनसेलसँगको सहकार्य र मुख्य प्रायोजनमा महोत्सव आयोजना गर्न लागेको हो।

लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योगको मनोबल उच्च राख्नको लागि महोत्सव आयोजना हुन लागेको कम्पनीले जनाएको छ।

आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरि देशको पर्यटन विकासमा टेवा पु¥याउने र नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवर्द्धनका लागि महोत्सव आयोजना गरिएको रेबोनले जनाएको छ।

काठमाडौं महानगरपालिकाभित्रको सांस्कृतिक प्रवर्द्धन एवं संरक्षणमा हुन लागेको महोत्सव विहान ११ः३० बजेदेखि बेलुका ८ः३० बजेसम्म चल्नेछ।

चैत २४, २०७९ शुक्रबार १९:३२:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।