कोरोना संक्रमण दर बढ्दै, एकैदिन ९९ जना संक्रमित

काठमाडौं : नेपालमा थप ९९ जनामा कोरोना संक्रमित भएको छ।
१ हजार ६३५ जनामा गरिएको परीक्षणमा ९९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अुनसार पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणबाट ४१ र एन्टीजेन परीक्षणबाट ५८ जनामा संक्रमण देखिएको हो।
यस अवधिमा २६ जना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा १७ हजार ६६६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् भने देशभर सक्रिय संक्रमितको संख्या ३७३ जना रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो एक साताको कोरोना संक्रमण दर हेर्ने हो भने तीव्र रूपमा संक्रमण फैलिएको देखिन्छ। चैत १९ गते ३८ जना संक्रमित भएकोमा २० गते ७६ जना, २१ गते ८० जना, २२ गते ९८ जना र २३ गते ८५ जनामा संक्रमण देखिएको छ।
यसअघि लगभग शून्यमा झरेको कोरोना संक्रमण दर बढ्दै गएकाले मास्क प्रयोग गर्न, एक–अर्काबीचको दूरी बढाउन मन्त्रालयले आग्रह गरेको छ।
चैत २४, २०७९ शुक्रबार १८:३६:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।