सिजी ल्यान्डमार्कमा ‘सपिङ धमाका’, ब्रान्डेड सामानमा ८० प्रतिशतसम्म छुट

चितवन : चितवनको भरतपुरमा ‘सहरभित्रको सहर’ अवधारणामा सञ्चालित सपिङ कम्प्लेक्स सिजी ल्यान्डमार्कले नयाँ वर्षको अवसर पारेर उपभोक्तामुखी प्रवर्द्धन योजना सार्वजनिक गरेको छ।
चाडपर्व तथा अन्य खुसियालीको अवसरमा उपभोक्तामुखी प्रवर्द्धन योजना ल्याउने परम्परालाई सुरुदेखि नै निरन्तरता दिंदै आएको सिजी ल्यान्डमार्कले यही चैत्र २५ देखि २०८० वैशाखसम्म ब्रान्डेड सामानमा भारी छुटको अफर ल्याएको हो।
‘सपिङ धमाका’ नाममा सार्वजनिक गरिएको प्रवर्द्धन योजनामा उपभोक्ताले ८० प्रतिशतसम्म छुटमा विश्वविख्यात विदेशी र स्वदेशी ब्रान्डका सामान खरिद गर्न पाउने छन्।
तुलनात्मक रुपमा महँगो हुने ब्रान्डेड सामान खरिद गर्न नसक्ने उपभोक्तालाई समेत त्यस्ता सामानमा पहुँच पुगोस् भनेर यस्तो अफर ल्याइएको सपिङ कम्प्लेक्सका महाप्रबन्धक उज्जवल केसीले बताए।
सिजी ल्यान्डमार्कमा ख्याति प्राप्त अन्तर्राष्ट्रिय र स्वदेशी ब्रान्डका सामान एउटै छानामुनी किनमेल गर्न पाइन्छ। चितवनमा ब्रान्डेड सामानको फराकिलो संग्रहबाट विकल्प रोज्न पाइने एक मात्र गन्तव्य सिजी ल्यान्डमार्क नै हो। चितवनका अन्य आउटलेटमा किन्न नपाइने सामान यहाँ उपलब्ध रहेको मल मेनेजर केसीको भनाइ छ।
यहाँ विश्वविख्यात ब्रान्ड पिटर इंग्ल्यान्ड, जिनीजोनी, युएस पोलो, बेनेटन, लिनिङ, स्केचर्स, युसुप्सो, पेपे जिन्स, मेडम, कन्भर्स, भ्यान्स, एप्पल, सामसङ, एलजी, ब्ल्याक क्याट, केएफसी, ब्रोकेड, सेमीर, मिनिक्लब, योनेक्स लगायतका अथोराइज्ड आउटलेटहरु छन्।
सिजी ल्यान्डमार्कमा फेसन ब्रान्डदेखि गेजेट्ससम्म, खानेकुरादेखि खेलकुदका सामग्रीसम्मका विश्व प्रसिद्ध ब्रान्ड पाउन सकिनेछ।
यहाँ अन्तर्राष्ट्रिय स्तरमै ख्याति कमाएका स्वदेशी ब्रान्डहरु डुल्ला, सोनम, नोभेम्बर, ब्ल्याक फरेस्ट, पपेट, केटिएम सिटी, कुपिड, रेड रिबन आदिका अथोराइज्ड आउटलेटहरु पनि रहेका छन्।
चितवनमा विश्वस्तरीय सुविधा र विशेषतायुक्त यस एक्लो सपिङ कम्प्लेक्समा सुरक्षा गार्ड र सिसी क्यामेराको निगरानी, व्यवस्थित पार्किङ तथा व्यवस्थित शौचालय लगायतका सुविधा उपलब्ध छन्।
चैत २४, २०७९ शुक्रबार १३:५६:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।