लखनउसँगको खेल अघि हैदराबादले पायो कप्तान माक्ररमको साथ

एजेन्सी : इन्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) को आज हुने खेलमा सनराइजर्स हैदराबादले लखनउ सुपर जायन्ट्सको सामना गर्दैछ।
नेपाली समय अनुसार साँझ ७:४५ बजे हुने खेलमा हैदराबाद पहिलो जितको खोजीमा हुनेछ। पहिलो खेलमा हैदराबाद राजस्थान रोयल्ससँग ७२ रनले पराजित भएको थियो।
उक्त खेलमा टिमका दक्षिण अफ्रिकी कप्तान तथा प्रमुख ब्याटर एडेन माक्ररम उपलब्ध थिएनन्। आजको खेलमा भने उनी टिमसँग जोडिएकाले हैदराबादको मनोबल बढेको छ।
उता लखनउ भने घरेलु मैदानमा हुने खेलमा हैदराबादलाई हराउँदै लगातार दोस्रो जित निकाल्ने दाउमा छ। लखनउले पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई ५० रनले पराजित गरेको थियो।
लखनउको टिममा पनि दक्षिण अफ्रिकी अनुभवी ब्याटर क्विन्टन डि ककको आगमन भइसकेको छ।
चैत २४, २०७९ शुक्रबार १३:३८:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।